Daniel 9:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बितेका दिनमा तपाईंले हाम्रो रक्षा गर्नुभयो र अबदेखि उसो यरूशलेमसित नरिसाउनुहोस्। त्‍यो तपाईंको सहर हो, तपाईंको पवित्र डाँडा हो। हाम्रा पाप र हाम्रा पिता-पुर्खाहरूका दुष्‍ट कामले गर्दा हाम्रा छिमेकी देशहरूका सबै मानिसहरूले यरूशलेम र तपाईंको प्रजालाई हेला गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, तपाईंका धार्मिक कार्यअनुरूप तपाईंको सहर, तपाईंको पवित्र डाँड़ा यरूशलेमबाट आफ्‍नो क्रोध र रीस हटाउनुहोस्‌। हाम्रा पाप र हाम्रा पिता-पुर्खाका अपराधले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा वरिपरिका मानिसहरूका सामु गिल्‍लाका पात्र बनेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, तपाईंका सबै धार्मिक कामहरू कायम राख्नुहोस्; अनि आफ्नो रिस र क्रोधलाई तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट हटाउनुहोस्। हाम्रा पापहरू र हाम्रा पितापुर्खाहरूका अधर्महरूले यरूशलेम र तपाईंका मानिसहरूलाई हाम्रा चारैतिर भएका मानिसहरूका निम्ति निन्दाको पात्र बनाइदिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु! तपाईंको दया, उद्धारको राम्रो कामहरूद्वारा आफ्नो शहर पवित्र डाँडा यरूशलेमबाट आफ्नो क्रोध र रीस हटाउनु होस्। हाम्रा पाप र हाम्रा पिता-पुर्खाहरूको दोषले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा सबै छिमेकीहरूका बीचमा हामी लज्जित भएकाछौं।