Daniel 9:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु, हाम्रो बिन्ती सुन्नुहोस्! परमप्रभु, हामीलाई क्षमा गर्नुहोस् परमप्रभु हाम्रो बिन्ती सुनेर त्योअनुसार काम गर्नुहोस्। तपाईंकै नाउँको खातिर अब ढीलो नगर्नुहोस्! यो सहर र यहाँका मानिसहरू तपाईंकै हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु, सुन्नुहोस्! हे परमप्रभु, क्षमा गर्नुहोस्! हे परमप्रभु, सुन्नुहोस् र कारबाही गर्नुहोस्। हे मेरा परमेश्वर, आफ्नो खातिर ढिलो नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिसहरूले तपाईंको नाउँ बोकेका छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे प्रभु, सुन्नुहोस्! हे प्रभु, क्षमा गर्नुहोस्! हे प्रभु, सुन्नुहोस् र काम गर्नुहोस्! तपाईंकै खातिर, हे मेरा परमेश्वर, विलम्ब नगर्नुहोस्; किनकि तपाईंको सहर यरूशलेम र तपाईंका मानिसहरूले तपाईंको नाम बोकेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु! सुन्नुहोस्, मेरा परमेश्वर हाम्रो पाप क्षमा गर्नुहोस्, मेरो परमेश्वर हाम्रो प्रार्थना सुनेर त्यस अनुसार गरिदिनु होस। किनभने यो तपाईं आफ्नो भलाईको निम्ति गर्नुहोस, ढिलो नगर्नुहोस, तपाईंको शहर र तपाईंको नानिस तपाईंकै नाउँले कहलाइएकोछन्।”