Daniel 9:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी राजा भएको पहिलो वर्षमा म पवित्र पुस्तकहरू पढ्दै थिएँ र परमप्रभुले यर्मिया अगमवक्तालाई भन्नुभएको यरूशलेम सत्तरी वर्षसम्म ध्वस्त हुने समयबारे सोच्दै थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनका राज्यकालको प्रथम वर्षमा म, दानिएलले, यर्मिया अगमवक्तालाई दिइएको परमप्रभुको वचनअनुसार, धर्मशास्त्रबाट बुझें कि यरूशलेमको उजाड़ अवस्था सत्तरी वर्षसम्म रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको शासनकालको पहिलो वर्षमा, म, दानिएलले यर्मिया अगमवक्तालाई याहवेहद्वारा दिइएको वचनअनुसार धर्मशास्त्रबाट यो बुझेँ, कि यरूशलेमको उजाड अवस्था सत्तरी वर्षसम्म रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
दाराको राज्य कालको पहिले वर्षमा म दानियल केही पुस्तकहरू पढिरहेको थिएँ। ती पुस्तकहरूमा मैले देखें कि परमप्रभुले यर्मियाहलाई यो बताउनु भयो कि यरूशलेम पुननिर्माण कति वर्ष पछि हुन्छ? परमप्रभुले भन्नु भएको थियो यसभन्दा पहिला को यरूशलेम फेरि बनाउन, सत्तरी वर्ष लाग्नेछ।