Daniel 9:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस कुरालाई ध्‍यान देऊ र राम्ररी बुझ; यरूशलेमलाई फेरि निर्माण गर्ने आज्ञा दिनुभएको दिनदेखि परमेश्‍वरले अभिषेक गर्नुभएको अगुवा नआईन्‍जेल सात गुणा सत्तरी वर्ष समय बित्‍नेछ। यरूशलेमको बाटा-घाटा र पर्खालहरू फेरि बनाइनेछन्‌ र त्‍यो सात गुणा बयसट्ठी वर्षसम्‍म त्‍यस अवस्‍थामा रहनेछ; तर त्‍यो समयचाहिँ कष्‍टको समय हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यो जान र बुझ, यरूशलेमको पुनर्स्‍थापन र पुनर्निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्त जन, अर्थात्‌ एक शासक नआउञ्‍जेलसम्‍म सात ‘सातहरू’ र बयसट्ठी ‘सातहरू’ हुनेछन्‌। गल्‍ली र सुरुङहरूसहित यसको पुनर्निर्माण हुनेछ, तर दु:खको समयमा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यो कुरा जान र बुझ: यरूशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्ने उर्दी जारी गरिएको समयदेखि अभिषिक्त जन, शासक नआएसम्म सात वटा ‘सातहरू’ र बयसट्ठी वटा ‘सातहरू’ हुनेछन्। सडकहरू र गल्‍लीहरू समेत पुनर्निर्माण हुनेछन्, तर कष्‍टको समयमा यस्तो हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि यो जान र बुझ, यरूशलेमको पुनप्राप्ति र पुननिर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषिक्त जन, एक राजकुमार देखा परेको समय सम्म सात हप्ता बित्नेछ। त्यसपछि बैसठ्ठी हप्ता सम्म गल्ली र नाला समेत पुनप्राप्ति र पुर्ननिर्माण भइसकेको अवस्थामा रहनेछ।