Daniel 9:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो समय बितेपछि परमेश्‍वरले अभिषेक गर्नुभएको अगुवा अन्‍यायसाथ मारिनेछन्। हमला गर्दैआउने एउटा शक्तिशाली शासकको सेनाले सहर र मन्‍दिर नाश गर्नेछ। वर्षाको भलझैँ अन्‍त्‍य आउनेछ र त्‍यसले परमेश्‍वरले तयार गर्नुभएको लडाइँ र विनाश ल्‍याउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बयसट्ठी ‘सातहरू’ पछि ती अभिषिक्त जन हटाइनेछन्‌ र तिनीसँग केही पनि रहनेछैन। शासकका मानिसहरू आएर त्‍यस सहर र पवित्रस्‍थानलाई विनाश गर्नेछन्‌। अन्‍त बाढ़ीझैँ आउनेछ: लड़ाइँ अन्‍तसम्‍म रहनेछ, र उजाड़ अवस्‍थाहरूको आदेश जारी भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती बयसट्ठी वटा ‘सातहरू’ पछि अभिषिक्त जन मारिनेछन्, र तिनको निम्ति केही पनि रहनेछैन। आउने मानिसहरूका शासकले सहर र पवित्रस्थानलाई नष्‍ट गर्नेछ। अन्तचाहिँ बाढीझैँ आउनेछ: बयसट्ठी सातहरूको आखिरसम्म र उजाड अवस्थाको आदेश नआएसम्म युद्ध चलिरहनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा अर्थात बैसठ्ठी हप्तापछि अभिषेक गरिएको मानिस हटाइनेछ। त्यसपछि एकजना राजकुमारको सेनाले आक्रमण गर्नेछ अनि शहरका पवित्र स्थान ध्वंश गर्नेछ। तब त्यहाँ ठूलो युद्ध हुनेछ अनि सम्पूर्ण ध्वंशको योजना बनाइनेछ।