Deuteronomy 1:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिमीहरूले आ-आफ्ना कुलबाट छानेका बुद्धिमान् र अनुभवी अगुवाहरूलाई लिएर मैले तिमीहरूको जिम्मा दिएँ। कसैले एक हजार मानिसको, कसैले एक सयको, कसैले पचासको र कसैले दश जनाको जिम्मा लिए। मैले कुल-कुलमा अरू हाकिमहरू पनि खटाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मैले तिमीहरूका कुल-कुलका मुख्य मानिसहरूलाई चुनेँ। तिनीहरू सबै समझदार र अनुभवी मानिसहरू थिए, र तिमीहरूको हरेक कुलको निम्ति तिनीहरूलाई हजार, सय, पचास र दशका नायक नियुक्त गरें। कुल-कुलका निम्ति कुलनायकहरू पनि नियुक्त गरें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले तिमीहरूका कुलहरूबाट मुख्य व्यक्ति, बुद्धिमान् र अनुभवी मानिसहरूलाई लिएर तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचासमाथि र दश-दशमाथि प्रशासकको रूपमा तिमीहरूमाथि अधिकार गर्नलाई नियुक्त गरेँ।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण मैले तिमीहरूद्वारा चुनेका बुद्धिमान र अनुभवी मानिसहरूलाई तिमीहरूको अगुवाहरू नियुक्त गरें। यसरी मैले तिमीहरूमध्ये केहीलाई हजार जनाका अगुवाहरू, सय जनाका अगुवाहरू, पचास जनाका अगुवाहरू अनि दश जनाका अगुवाहरू नियुक्त गरें। मैले तिमीहरूका प्रत्येक पारिवारिक समूहहरूलाई अधिकारी नियुक्त गरें।