Deuteronomy 1:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैपट्टि लागेर फैसला नदेओ। ठूला-साना सबैको एकै प्रकारले न्‍याय गर। कोही मानिससँग नडराओ किनभने तिमीहरूले दिएको फैसला परमेश्‍वरबाट आउँछ। तिमीहरूलाई कुनै झगडा मिलाउन गाह्रो पर्‍यो भने त्‍यो मकहाँ ल्‍याओ र म त्‍यसमा फैसला गर्नेछु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न्‍याय गर्दा तिमीहरूले मानिसहरूको पक्ष नलेओ। तिमीहरूले साना-ठूला दुवैका कुरा सुन। कुनै मान्‍छेसँग नडराओ, किनकि न्‍यायको फैसला त परमेश्‍वरको हातमा हुन्‍छ। तिमीहरूलाई गाह्रो परेको मामिला मकहाँ ल्‍याओ, र म त्‍यो सुन्‍नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न्याय गर्दा पक्षपात नगर्नू। ठूला र साना दुवैका कुरा तिमीहरूले समान रूपले सुन्‍नू। न्याय परमेश्‍वरबाट भएको हुनाले कुनै मानिससँग नडराउनू। तिमीहरूका निम्ति अति कठिन भएको मुद्दा मकहाँ ल्याउनू। म त्यसको फैसला गर्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरू न्यायकर्त्ता भएर निर्णय लिन्छौ तब तिमीहरूले सोच्नु हुँदैन को महत्वपूर्ण र महत्वहीन मानिसहरू हुन्। कसैसँग पनि डराउनु हुँदैन कारण तिमीहरूले गरेको निर्णय परमेश्वरबाट भएको हुन्छ। तर यदि कुनै झगडाको विषय तिमीहरूको निम्ति कठिन भए त्यो म कहाँ ल्याऊ।’