Deuteronomy 1:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[20-21] ‘तिमीहरू अब एमोरीहरूका पहाडी देशमा आइपुग्यौ। यो देश, परमप्रभु हाम्रा परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले हामीलाई दिँदै हुनुहुन्छ। हेर, त्यो यहीँ छ। जाओ र उहाँले आज्ञा गर्नुभएअनुसार त्यसलाई कब्जा गर। नडराओ अनि सङ्कोच नमान।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले तिमीहरूलाई भनें, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने एमोरीहरूको पहाड़ी देशमा तिमीहरू आइपुगेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ, जुन देश याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब मैले तिमीहरूलाई भनें, ‘तिमीहरू अब एमोरीहरूको पहाडी देशमा आइपुग्यौ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई यो देश दिनु हुनेछ।