Deuteronomy 1:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले त्‍यहाँ पाएका फलहरू ल्‍याए र परमप्रभु हाम्रा परमेश्‍वरले दिनुहुने त्‍यो देश खुबै मलिलो छ भनी सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त्‍यस देशका कतिपय फलफूल ल्‍याए। अनि “हामीलाई परमप्रभु हाम्रा परमेश्‍वरले दिनुहुने त्‍यो देश उत्तम रहेछ” भन्‍ने खबर तिनीहरूले दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले साथमा त्यस देशका केही फलफूल हामीहरूकहाँ ल्याए, र तिनीहरूले जानकारी दिए, “याहवेह हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देश असल रहेछ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू फर्केर आउँदा त्यहाँबाट हाम्रो निम्ति केही फलहरू ल्याए अनि त्यो भूमिको विषयमा बताउँदै परमप्रभु हाम्रा परमेश्वरले हामीलाई राम्रो भूमि दिनु हुँदैछ भने।’