Deuteronomy 1:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले आपसमा गनगन गर्‍यौ र भन्‍यौ, ‘परमप्रभुले हामीलाई हेला गर्नुहुन्‍छ। एमोरीहरूले हामीलाई मारून् भनी तिनीहरूका हातमा पारिदिनलाई उहाँले हामीलाई मिश्रदेशबाट निकाली ल्‍याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना पालहरूमा गनगनाएर तिमीहरूले भन्‍यौ, “परमप्रभुले हामीलाई तिरस्‍कार गर्नुभएको हुनाले हामीलाई एमोरीहरूका हातमा सुम्‍पेर सर्वनाश गर्नलाई मिश्रबाट निकालेर ल्‍याउनुभएको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले आफ्ना पालहरूमा गनगन गर्दै भन्यौ, “याहवेहले हामीलाई घृणा गर्नुहुन्छ। यसैकारण उहाँले हामीलाई एमोरीहरूका हातद्वारा नष्‍ट गर्नलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू छाउनीमा गयौ अनि गुनासो पोख्दै भन्यौ, ‘परमप्रभुले हामीलाई घृणा गर्नुहुन्छ, परमप्रभुले हामीलाई एमोरी मानिसहरूद्वारा नाश पार्न मिश्र देशबाट यहाँ ल्याउनु भयो।