Deuteronomy 1:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[30-31] परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूको अगुवाइ गर्नुहुनेछ। तिमीहरूले मिश्रमा र उजाडस्‍थानमा देखेजस्‍तै उहाँले तिमीहरूको लागि फेरि लडाइँ गर्नुहुनेछ। बुबाले आफ्‍ना छोरालाई बोकेझैँ उहाँले तिमीहरूलाई यस ठाउँसम्‍म कसरी कुशलसाथ ल्‍याइपुर्‍याउनुभयो, त्‍यो तिमीहरूले देख्‍यौ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका आँखाका सामु जसरी मिश्रमा लड़िदिनुभएको थियो त्‍यसरी नै तिमीहरूका अगि जानुहुने परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका निम्‍ति लड्‌नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूका अगि जानुहुनेछ। अनि तिमीहरूका पक्षमा लड्नुहुनेछ; जसरी इजिप्टमा तिमीहरूका निम्ति तिमीहरूकै आँखाको अगि उजाडस्थानमा लड्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तिमीहरूको परमेश्वर तिमीहरूकोअघि जानु हुनेछ अनि युद्ध गर्नु हुनेछ। उहाँले मिश्रका लागि गर्नु भए जस्तै उहाँले गर्नु हुनेछ। तिमीहरूले आफ्नो अघि गएको त्यहाँ देख्यौ।