Deuteronomy 1:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यपुन्नेको छोरो कालेब मात्र त्यहाँ पस्नेछ। त्यो मप्रति विश्वासी रहेको छ र त्यसले जाँचबुझ गरेको देश म त्यसलाई र त्यसका सन्तानलाई दिनेछु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यपुन्नेको छोरो कालेबले मात्र त्यो देश देख्न पाउनेछ। त्यसले टेकेको भूमि म त्यसलाई र त्यसका सन्तानलाई दिनेछु, किनकि त्यसले परमप्रभुलाई पूर्ण रूपले पछ्याएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यपून्नेको छोरा कालेबचाहिँ अपवाद हो। उसले मात्र त्यो देश देख्नेछ। अनि म त्यसलाई र त्यसका सन्तानलाई त्यसले आफ्नो पाइला टेकेको देश दिनेछु। किनकि त्यसले याहवेहलाई आफ्नो सारा हृदयले पछ्याएको छ।”
Nepali ERV (पवित्र बाइबल)
यपून्नेको छोरो कालेबले मात्र त्यो देश देख्नु पाउनेछ। कालेबले टेकेको भूमि म उसलाई र उसका सन्तानलाई दिनेछु। किन? किनभने मैले दिएका सम्पूर्ण आज्ञाहरू उसले पालन गर्यो।’