Deuteronomy 1:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तब परमप्रभुले हामी सबैलाई भन्‍नुभयो, ‘तिम्रा छोरा-छोरीहरू जो अझै स-साना छन् र असल र खराब छुट्ट्याउन सक्‍दैनन्, जसलाई तिम्रा शत्रुहरूले पक्रिलैजानेछन् भनी तिमीहरू भन्‍थ्‍यौ, तिनीहरू त्‍यस देशमा पस्‍नेछन्। म त्‍यो देश तिनीहरूलाई दिनेछु र तिनीहरूले त्‍यसलाई आफ्‍ना अधिकारमा लिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका बालबच्‍चा, जसका विषयमा ती कैदमा पर्नेछन्, भनी तिमीहरूले भन्‍यौ, बरु ती असल र खराब नजान्‍ने तिमीहरूका साना अबोध नानीहरूचाहिँ त्‍यहाँ प्रवेश गर्नेछन्‌। म त्‍यो देश तिनीहरूलाई दिनेछु र त्‍यो तिनीहरूले अधिकार गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूका छोराछोरीहरू, जसलाई कैदमा लगिनेछ भनी तिमीहरू भन्छौ, जो असल र खराब अहिले छुट्याउन सक्दैनन्, तिनीहरू त्यस देशमा प्रवेश गर्नेछन्। म त्यो देश तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यस देशमा अधिकार गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“अनि परमप्रभुले हामीलाई भन्नुभयो, ‘तिमीहरूको बालबच्चाहरू शत्रुहरूले लिएर जानेछन् भनेर तिमीहरूले भन्यौ तर ती नानीहरू त्यस भूमिमा जानेछन्। म ती नानीहरूलाई दोष दिने छैन कारण तिनीहरू अहिले अबुझ छन्, यसकारण म त्यो भूमि तिनीहरूलाई दिनेछु अनि तिनीहरूले त्यो भूमि आफ्नो भनी लिनेछन्।