Deuteronomy 1:42 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर परमप्रभुले मलाई भन्नुभयो, ‘तिनीहरूलाई हमला नगर्नू भनी चेतावनी दे किनभने म तिनीहरूसित रहनेछैनँ र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई नै हराउनेछन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभुले मलाई भन्नुभयो, “तिनीहरूलाई भन्, ‘उक्लेर नजाओ र लड़ाइँ नगर। नत्रता तिमीहरू आफ्ना शत्रुहरूका सामुन्ने हार खानेछौ, किनकि म तिमीहरूका बीचमा हुनेछैनँ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेहले मलाई भन्नुभयो, “तिनीहरूलाई भन्, ‘तिमीहरू लडाइँ गर्न नजाओ; किनकि म तिमीहरूसँग हुनेछैन। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ।’ ”
Nepali ERV (पवित्र बाइबल)
“तर परमप्रभुले मलाई भन्नुभयो, ‘मानिसहरूलाई पहाडमा गएर लडाइँ नगर्नु भन किन? किनभने परमप्रभु तिनीहरूसँग हुनु हुँदैन र शत्रुहरूले तिनीहरूलाई परास्त गर्नेछन्।’