Deuteronomy 10:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उहाँले तिम्रा पिता-पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको देश तिमीहरूले आफ्‍ना अधीनमा लिन सकून्‌ भन्‍ने विचारले उहाँले मलाई आएर तिनीहरूको अगुवाइ गर्नू भनी आज्ञा गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले मलाई भन्‍नुभयो, “उठ्, मानिसहरूलाई नेतृत्‍व गर्, र मैले तिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्‍छु भनेको देशमा पसी तिनीहरूले त्‍यो अधिकार गरून्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई भन्‍नुभयो, “उठेर जा, र यी मानिसहरूलाई तिनीहरूको मार्गमा अगुवाइ गर्। मैले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा तिनीहरू प्रवेश गरून्। अनि त्यस देशमा अधिकार गरून्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई आज्ञा दिनुभयो, ‘मानिसहरूको यात्रामा मार्गदर्शन गर्न तिमी जाऊ। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसारको भूमिमा तिनीहरू बसोबास गर्न जान्छन्।’