Deuteronomy 10:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको प्रशंसा गर— उहाँ तिम्रा परमेश्वर हुनुहुन्छ र उहाँले तिम्रो निम्ति गर्नुभएको महान् र अचम्मका कामहरू तिमीहरूले आफ्नै आँखाले देखेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति तिमीहरूका आफ्नै आँखाले देखेका ती महान् र आश्चर्यपूर्ण कार्यहरू गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह मात्र तिमीहरूका प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति महान् र अद्भुत कार्यहरू गर्नुभयो, जुन तिमीहरूका आफ्नै आँखाले देखेका छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मात्र एकजना हुनुहुन्छ जसलाई तिमीहरूले प्रशंसा गर्नुपर्छ। उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले आफ्नै आँखाले देखेका छौ उहाँले महान् र आश्चर्यपूर्ण कामहरू गर्नु भएको छ।