Deuteronomy 10:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पहिलोपल्ट लेख्नुभएको वचन नै परमप्रभुले ती पाटीमा लेख्नुभयो। उहाँले तिमीहरू पर्वतमा भेला भएको दिन आगोबाट बोल्नुहुँदा दिनुभएका दश आज्ञा ती पाटीमा लेख्नुभयो। परमप्रभुले ती पाटीहरू मलाई दिनुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले सभाको दिनमा पर्वतमा अग्निको बीचबाट तिमीहरूलाई दिनुभएका दश आज्ञा पहिलेझैँ ती पाटीमा लेखेर परमप्रभुले मलाई दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले ती दुई ढुङ्गाका पाटीहरूमा पहिलाको जस्तै जे लेख्नुभएको थियो, त्यही नै सभाको दिन पर्वतमा आगोबाट तिमीहरूलाई घोषणा गर्नुभएका दश आज्ञाहरू लेखिदिनुभयो। अनि ती ढुङ्गाका पाटीहरू मलाई दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
पछि परमप्रभुले पर्वतमा तिमीहरू भेला भएको समयमा आगोद्वारा दश आज्ञाहरू भने झैं त्यही शब्दहरूले पाटीमा लेख्नु भयो। अनि परमप्रभुले मलाई ती पाटीहरू दिनु भयो।