Deuteronomy 10:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्वतमा परमप्रभुले लेवी कुलका पुरुषहरूलाई करारका सन्‍दुकको जिम्‍मा लिन र पूजाहारी भई उहाँको सेवा गर्न र उहाँको नाममा आशीर्वाद दिन खटाउनुभयो। आजसम्‍म तिनीहरूका काम ती नै हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आजसम्‍म चलिआएझैँ परमप्रभुका करारको सन्‍दूक बोक्‍न, परमप्रभुको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको नाउँमा आशिष्‌ दिन त्‍यस बेला परमप्रभुले लेवीको कुललाई अलग गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला याहवेहले लेवीको कुललाई उहाँको करारको सन्दुक बोक्न, उहाँको सामु खडा भई सेवा गर्न र उहाँको नाममा आशिष्‌को घोषणा गर्नको लागि अलग गर्नुभयो, जुन काममा तिनीहरू आज पनि छँदैछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा कुनै विशेष कामको निम्ति परमप्रभुले लेवी कुललाई अरू कुलबाट छुट्याउनु भयो। तिनीहरूले परमप्रभुका करारको सन्दूक बोक्ने काम गर्नु पर्थ्यो। आजसम्म चल्दै आए झैं तिनीहरूले परमप्रभुको पूजाहारी काम पनि गरे परमप्रभुको नाउँमा तिनीहरूले मानिसहरूलाई आशीर्वाद पनि दिनु पर्थ्यो।