Deuteronomy 11:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले अधीन गर्न लागेको देश मिश्रदेशजस्‍तो छैन, जहाँ तिमीहरू अघि बास गर्दथ्‍यौ। त्‍यहाँ बिउ छरेपछि खेतबारी भिजाउनलाई तिमीहरूले कडा मेहनत गर्नुपर्दथ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले जुन देश अधिकार गर्न लागेका छौ त्‍यो देश तिमीहरू निस्‍केर आएको मिश्रजस्‍तो छैन, जहाँ बीउ छरेर तिमीहरूले सागबारीमा झैँ खुट्टाले पानी हाल्‍नुपर्थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले गएर अधिकार गर्न लागेको देश तिमीहरूले छोडेर आएको इजिप्टजस्तो छैन, जहाँ तिमीहरूले बिउ छरेर करेसाबारीमा खुट्टाको प्रयोगले सिँचाइ गर्नुपर्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
जुन भूमि तिमीहरू लिंदैछौ, त्यो मिश्र देश जहाँबाट तिमीहरू आएका छौ त्यस्तो छैन। मिश्र देशमा तिमीहरूले बीउ छरेर त्यसमा पानी हाल्दा आफ्नो गोडाको सहायताले खुट्टा चलाएर नालाबाट पानी हाल्नु पर्थ्यो। जसरी साग-सब्जीमा पानी हाल्थ्यौ त्यसरी नै खेतमा पनि हाल्नु पर्थ्यो।