Deuteronomy 11:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो गर्‍यौ भने परमप्रभु तिमीहरूसित रिसाउनुहुनेछ। उहाँले वर्षा रोकिदिनुहुनेछ र तिमीहरूका जमिन सुख्‍खा हुनेछ र त्‍यहाँ केही अन्‍न उम्रनेछैन। तब उहाँले तिमीहरूलाई दिन लाग्‍नुभएको देश असल भए तापनि त्‍यहाँ तिमीहरू चाँडै मर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुको क्रोध तिमीहरूका विरुद्धमा दन्‍कनेछ, र वर्षा नहोस्‌ र जमिनले आफ्‍नो उब्‍जनी नदेओस्‌ भनी उहाँले आकाशको झरी नै बन्‍द गरिदिनुहुनेछ, र परमप्रभुले तिमीहरूलाई दिने त्‍यो असल देशदेखि तिमीहरू छिट्टै नष्‍ट भइहाल्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसो गर्‍यौ भने याहवेहको रिस तिमीहरूको विरुद्धमा दन्कनेछ; अनि उहाँले पानी नपरोस् भनेर आकाश बन्द गरिदिनुहुनेछ। तब जमिनले उब्जनी दिनेछैन र याहवेहले तिमीहरूलाई दिनुहुने उत्तम देशबाट तिमीहरू चाँडै नष्‍ट हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
यदि यसो गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाएर आकाश बन्द गरिदिनु हुनेछ र पानी पर्न छोड्ने छ। खेती हुन छोड्ने छ र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल भूमिमा तिमीहरू चाँडै नै मर्नेछौ।