Deuteronomy 11:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस देशमा तिमीहरू जहाँ-जहाँ जाऔला, परमप्रभु परमेश्‍वरले आफ्‍नो प्रतिज्ञाअनुसार त्‍यहाँका मानिसहरूका मनमा तिमीहरूको डर हालिदिनुहुनेछ र कसैले तिमीहरूलाई रोक्‍न सक्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका सामु कोही पनि टिक्‍न सक्‍नेछैन। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएअनुसार तिमीहरू जहीँ गए पनि समस्‍त देशमा तिमीहरूको भय र त्रास भरिदिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै पनि मानिस तिमीहरूको विरुद्धमा खडा हुन सक्नेछैन। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू जहाँ गए तापनि सारा देशभरि तिमीहरूको डर र आतङ्क हालिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले तिमीहरूको निम्ति प्रतिज्ञा गर्नु भएको छ, जुन जुन ठाउँमा तिमीहरू जाने छौ त्यहाँका मानिसहरू तिमीहरूसित डराउनेछन् एक जना पनि तिमीहरूको विरोध गर्न उभिने छैन।