Deuteronomy 11:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई खेद्दै आउँदा उहाँले कसरी मिश्री सेनालाई तिनका घोडा र रथहरूसमेत लालसमुद्रमा डुबाएर मार्नुभयो, त्‍यो तिमीहरूले देख्‍यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रका सेना, घोड़ाहरू र रथहरूले तिमीहरूलाई खेद्‌दा परमप्रभुले लाल समुद्रको पानीले उनीहरूलाई डुबाएर सदाको लागि सखाप पार्नुभएको कुरो पनि तिमीहरू जान्‍दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले इजिप्टको सेनाहरूलाई, त्यसका घोडाहरू र रथहरूलाई के गर्नुभयो, र तिनीहरूले तिमीहरूलाई खेदेर आउँदा उहाँले कसरी तिनीहरूलाई लाल समुद्रको पानीको बीचमा डुबाइदिनुभयो। अनि कसरी याहवेहले तिनीहरूलाई सधैँका निम्ति नाश गरिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
मिश्र देशका सैन्य तथा तिनीहरूका घोडाहरू अनि रथहरूलाई के गर्नु भयो तिमीहरूका बाल-बच्चाहरूले होइन तिमीहरूले देख्यौ। तिनीहरूले तिमीहरूलाई खेद्‌दै थिए तर परमप्रभुले तिनीहरूलाई लाल समुद्रको पानीमा डुबाइ दिनुभयो र सम्पूर्ण ध्वंश पार्नु भयो।