Deuteronomy 11:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिमीहरू धेरै दिनसम्‍म परमप्रभुले तिम्रा पुर्खाहरू र तिनका सन्‍तानलाई प्रतिज्ञा गर्नुभएको मलिलो र धनी देशमा बास गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खासँग तिनीहरू र तिनीहरूका सन्‍तानलाई दिने प्रतिज्ञा गर्नुभएको प्रशस्‍त दूध र मह बग्ने देशमा तिमीहरूको आयु लामो होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले तिमीहरूका पितापुर्खाहरू र तिनीहरूका सन्तानलाई दिनेछु भनी शपथ खानुभएको त्यो दूध र मह बग्ने देशमा तिमीहरू दीर्घायु भई बाँच्न सक।
Nepali ERV (पवित्र बाइबल)
जुन भूमि धेरै असल असल चीजहरूले भरिएको छ र जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू र तिनीहरूका सबै सन्तानहरूलाई दिन शपथ खानु भएको थियो। त्यस भूमिमा तिमीहरू दीर्घायू जीवन जिउन सक्नेछौ।