Deuteronomy 12:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले उहाँको आराधना गर्नलाई एउटा विशेष स्‍थान रोज्‍नुहुनेछ र त्‍यहाँ मैले आज्ञा गरेका सबै कुराहरू तिमीहरूले ल्‍याउनुपर्नेछ, अर्थात् तिम्रा होमबलि र अन्‍य बलिहरू, दशौँ हिस्‍सा र दानहरू तथा परमप्रभुलाई भाकल गरेका विशेष भेटीहरू ल्‍याउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुभएको ठाउँमा मैले तिमीहरूलाई आदेश दिएका तिमीहरूका होमबलि, बलिदानहरू, तिमीहरूका दशांश, विशेष भेटीहरू र तिमीहरूले आफ्‍ना परमप्रभुको निम्‍ति भाकल गरेका असल-असल थोकहरू ल्‍याउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेह तिमीहरूका परमेश्‍वरले आफ्नो नामको खातिर चुन्‍नुहुने ठाउँमा—त्यहाँ मैले तिमीहरूलाई आज्ञा दिएका हरेक थोक तिमीहरूले ल्याउनू। तिमीहरूका होमबलिहरू र बलिदानहरू, तिमीहरूका दशांश र विशेष भेटीहरू, तिमीहरूले याहवेहसँग भाकल गरेका सबै उत्तम कुराहरू।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न जुन एउटा ठाउँ चुन्नुहुन्छ त्यहीं मैले दिएको आज्ञा अनुसार होमबलि, बलिदानहरू, तिमीहरूको अन्न तथा पशुको दशांश, विशेष बलि तथा परमप्रभुलाई चढाउन भाकल गरेको असल असल चीजहरू त्यहाँ ल्याउनु पर्छ।