Deuteronomy 12:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू जहाँ बसेका छौ, त्‍यहीँ आफूलाई मन परेको पशु मारी खान सक्‍छौ। परमप्रभुले जुन-जुन पशु तिमीहरूलाई दिनुहुन्‍छ, ती खान सक्‍छौ। विधिअनुसार तिमीहरू शुद्ध वा अशुद्ध भए तापनि जसरी मृग वा हरिणका मासु खान्‍छौ, त्‍यसरी तिनका मासु पनि खान सक्‍छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्‌अनुसार तिमीहरूको कुनै पनि सहरभित्र आफूले चाहेजति पशु मारेर खान सक्‍छौ— हरिण र मृगको मासु खाएझैँ, विधिपूर्वक शुद्ध र अशुद्ध व्‍यक्ति कसैले पनि सो खान सक्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार तिमीहरूले हरिण अथवा मृग खाएझैँ आफ्ना पशुहरूलाई तिमीहरूका कुनै पनि सहरमा इच्छा लागेअनुसार मारेर चाहेजति खान सक्छौ। विधिपूर्वक शुद्ध अथवा अशुद्ध दुवै व्यक्तिले खान सक्छन्।
Nepali ERV (पवित्र बाइबल)
“जहाँ जहाँ तिमीहरू बस्छौ त्यहाँ तिमीहरूले हरिण तथा मृग जस्ता असल पशुहरू मारेर जति मासु खान इन्छा गर्छौ खान सक्छौ, जति धेरै परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुन्छ। कुनै पनि मानिस जो शुद्ध अथवा अशुद्ध छ कसैले पनि त्यो मासु खान सक्छ।