Deuteronomy 12:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जे कुरो परमप्रभुलाई चढाउनेछौ, त्‍योचाहिँ आफू बसेको ठाउँमा खानुहुन्‍न। तिमीहरूका अन्‍नका दशौँ हिस्‍सा वा मद्य, जैतुनको तेल वा तिम्रा गाईवस्‍तु र भेडाहरूका पहिला बाछा वा पाठा, तिमीहरूले परमप्रभुलाई भाकल गरेका भेटीहरू वा तिम्रा स्‍वेच्‍छा भेटीहरू तथा अन्‍य बलिदानहरू केही पनि खानुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो सहरभित्र अन्‍न, नयाँ दाखमद्य र तेलको दशांश, अथवा गाईबस्‍तु वा भेड़ाबाख्राको पहिले बियाएको पशु, अथवा भाकल गरेको कुनै थोक वा स्‍वेच्‍छा बलि वा विशेष बलि तिमीहरूको सहरभित्र तिमीहरूले नखानू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले तिमीहरूका अन्‍न, नयाँ दाखमद्य र जैतुन तेलको दशांश, बथान र बगालका पहिला जन्मेका पशु, तिमीहरूले दिन्छु भनी भाकल गरेका जुनसुकै थोक वा तिमीहरूका स्वेच्छा-भेटीहरू अथवा विशेष भेटीहरूचाहिँ तिमीहरूका आफ्नै सहरहरूमा नखानू।
Nepali ERV (पवित्र बाइबल)
“तर केही चीजहरू यस्ता पनि छन् जो तिमीहरूले आफ्नो शहरमा खान सक्तैनौ। अनि ती चीजहरू हुन नयाँ बालीको दशांश अन्न, नयाँ दाखरस अथवा तेलको दशांश, घरका पशुहरूबाट जन्मिएको पहिलो पाठा अनि तिमीहरूले परमेश्वरलाई चढाउँछु भनी शपथ गरेको चीजहरू, तिमीहरूले चढाउनु इच्छा गरेको कुनै विशेष बलिका चीजहरू।