Deuteronomy 12:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी बलिदानहरू परमप्रभुले रोज्‍नुभएको त्‍यो एक मात्र आराधना-स्‍थलमा तिमीहरू र तिम्रा छोरा-छोरीहरूले आफ्‍ना नोकर-चाकर र सहरमा बस्‍ने लेवीहरूका साथ परमेश्‍वरको सामुन्‍ने खानुपर्छ। अनि त्‍यहाँ आफूले गरेको हरेक काममा तिमीहरू खुसी हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बरु परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुभएको ठाउँमा उहाँको सामुन्‍ने तिमी, तिम्रा छोराछोरी, कमारा-कमारी र तिमीहरूका सहरभित्र भएका लेवीले ती खानू, अनि तिमीहरूले गर्ने आफ्‍ना सबै काममा परमप्रभु आफ्‍ना परमेश्‍वरको सामु आनन्‍द मनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको सट्टामा तिमीहरू आफ्ना छोराछोरीहरू, तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सहरहरूका लेवीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुभएको ठाउँमा ती खानू। अनि याहवेह तिमीहरूका परमेश्‍वरको सामु तिमीहरूले हात लगाएका हरेक काममा आनन्द मनाउनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले ती चीजहरू आफ्ना बाल-बच्चा नोकर-नोकर्नीहरू तथा आफ्ना शहरहरूभित्र बसो-बास गर्ने लेवी मानिसहरूसँगै लिएर तिमीहरूकै कुल माझमा परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको स्थानमा परमप्रभुको सम्मुख बसेर खानु पर्छ। तिमीहरूले गर्ने असल असल कार्यहरूमा परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने गरेर आनन्द मनाऊ।