Deuteronomy 12:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जुन जातिका देश तिमीहरू हमला गर्नेछौ, तिनीहरूलाई परमप्रभुले नाश गर्नुहुनेछ र ती ठाउँहरू अधीन गरी तिमीहरू त्यहाँ बास गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन जातिहरूलाई तिमीहरूले आक्रमण गरेर धपाउन लागेका छौ, परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूका सामुन्ने नाश गर्नुहुनेछ। तर उनीहरूलाई धपाएर जब तिमीहरू उनीहरूको देशमा बसोबास गर्छौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूले आक्रमण गरेर धपाउन लागेका जातिहरूलाई तिमीहरूको सामुबाट नाश गर्नुहुनेछ। तर जब तिमीहरूले तिनीहरूलाई बाहिर धपाएर तिनीहरूको देशमा बसोबास गर्नेछौ,
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू अरू मानिसहरूको भूमि अधिकार गर्न जाँदैछौ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति ती मानिसहरूलाई ध्वंश पार्नु हुनेछ। तिमीहरूले ती मानिसहरूलाई उच्छेद गर्नेछौं र तिमीहरू त्यहाँ बस्ने छौ।