Deuteronomy 12:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका वेदीहरू तोडी फालिदिनू र तिनका पवित्र ढुङ्गाका खम्‍बाहरू टुक्रा-टुक्रा पारी भत्‍काइदिनू। अशेरा देवीका मूर्ति आगोमा भस्‍म पारिदिनू र अरू मूर्तिहरू काटेर ढालिदिनू र ती ठाउँहरूमा कहिल्‍यै फेरि तिनका पूजा नगरिऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूका वेदीहरू फुटाइदिनू। उनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू। उनीहरूका अशेरा देवीका खम्‍बाहरू आगोमा जलाइदिनू। उनीहरूका देवताहरूका मूर्तिहरू ढालिदिनू र ती ठाउँहरूदेखि उनीहरूका नाउँनिशानै मेटिदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका वेदीहरू भत्काइदिनू। तिनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू, र तिनीहरूका अशेराको खाँबो आगोमा जलाइदिनू। तिनीहरूका देवी-देवताहरूका मूर्तिहरू काटेर ढालिदिनू, र ती ठाउँहरूबाट तिनीहरूका नामसमेत मेटाइदिनू।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका वेदीहरू फुटाइदिनु, अनि तिनीहरूका पवित्र ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनु र तिनीहरूका अशेरा देवताहरूका मूर्तिहरू ध्वंश पारिदिनु जसले गर्दा तिनीहरूको झूटा देव देवताहरूका नाउँनिशान केही त्यस ठाउँमा नरहोस्।