Deuteronomy 12:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती जातिहरूलाई परमप्रभुले नाश पारिसक्‍नुभएपछि तिनका धार्मिक रीतिथितिहरू पालन नगर्ने निश्‍चय गर नत्र तिमीहरू मर्नेछौ। तिनीहरूले आफ्‍ना देवताहरूलाई कसरी पुज्‍छन्, त्‍यो बुझिरहने र त्‍यही किसिमले आफ्‍नो पूजा गर्ने काम नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब होशियार बस, र उनीहरू नष्‍ट भएपछि उनीहरूका चालचलनमा तिमीहरू नफस्‍नू, र “यी जातिहरूले आफ्‍ना देवताको पूजा कसरी गर्थे? हामी पनि त्‍यसै गर्छौं” भन्‍दै उनीहरूका देवताहरूका विषयमा चासो नलिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूको सामुबाट तिनीहरू नष्‍ट भएपछि तिमीहरू होसियारी बस। अनि तिमीहरूले तिनीहरूका चालचलनको चासो राखेर उनीहरूका देवी-देवताको बारेमा यसो भन्दै नफस, “यी जातिहरूले आफ्ना देवी-देवताहरूको पूजा कसरी गर्छन्? हामी पनि त्यसै गरौँ।”
Nepali ERV (पवित्र बाइबल)
त्यति भइसके पछि सावधान हुनु! ती मानिसहरूलाई ध्वंश पार्नेछौ। तर तिनीहरू झूटो देवताहरू मान्नु पर्ने जालमा नफँस। सावधान बस! झूठो देवताहरूअघि सहायताको निम्ति नजाऊ। यसो नभन, ‘तिनीहरूले ती देवताहरू पूजा गर्दथे यसकारण म पनि त्यस्तै प्रकारले पूजा गर्छु।’