Deuteronomy 12:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ तिमीहरूले आफ्ना होमबलि तथा अरू बलिहरू, तिम्रा भेटीहरूका दशौँ हिस्सा र दानहरू, परमप्रभुलाई भाकल गरेका भेटीहरू तथा स्वेच्छाका भेटीहरू अनि आफ्ना गाई-वस्तुका पहिला बाछा र पाठाहरू चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, बलिदान, दशांश र विशेष भेटी, भाकल बलि, स्वेच्छा बलि, र गाईबस्तु र भेड़ाबाख्राका पहिले बियाएका पशु ल्याउने गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ तिमीहरूले आफ्ना अन्नबलि र बलिदानहरू, तिमीहरूका दशांश र विशेष भेटीहरू, भाकल भेटीहरू, स्वेच्छा-भेटीहरू र तिमीहरूका बगालहरू र बथानहरूका पहिला जन्मेका पशुहरू ल्याउनू।
Nepali ERV (पवित्र बाइबल)
त्यही ठाउँमा होमबलि, बलिदान दशांश अन्न तथा पशु उपहार, विशेष उपहार, भाकल राखिएको उपहार अथवा तिमीहरूले परमप्रभुलाई चढाउन इच्छा गरेको कुनै विशेष उपहार तथा आफ्नो घरमा पहिले जन्मिएको पशु सब चढाउन त्यही ठाउँमा पुर्याउनु पर्छ।