Deuteronomy 12:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ तिमीहरूलाई आशिष् दिनुहुने परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने तिमीहरू र तिम्रा परिवारहरूले तिमीहरूले परिश्रम गरी कमाएका असल कुराहरू खानेछौ र तिनमा आनन्द लिनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहीँ नै तिमीहरू र तिमीहरूका परिवारहरूले परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने खानपान गर्नेछौ र तिमीहरूले गर्ने सबै काममा आनन्द मनाउनेछौ, कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ तिमीहरूले आफ्ना याहवेह परमेश्वरको उपस्थितिमा तिमीहरू र तिमीहरूका परिवारहरूले खानपिन गर्नेछौ। अनि तिमीहरूले हात लगाएका हरेक कुराहरूमा रमाउनेछौ; किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरूले खानेछौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यही आशीर्वाद दिनु हुनेछ, अनि तिमीहरूले आफूले सबै काममा आनन्द भोग गर्नेछौ।