Deuteronomy 13:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ध्‍वस्‍त गर्नलाई ठहराएको कुनै थोक आफ्‍नो लागि नराख्‍नू, तब परमप्रभु आफ्‍नो भयानक क्रोधबाट फर्कनुहुनेछ र तिमीहरूलाई दयामाया देखाउनुहुनेछ। उहाँ तिनीहरूमाथि कृपालु हुनुहुनेछ र तिमीहरूको सङ्‍ख्‍या तिम्रा पुर्खाहरूलाई प्रतिज्ञा गरेअनुसार अनगिन्‍ती तुल्‍याउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निषेध गरिएको कुनै पनि थोक तिमीहरूले नलानू, र परमप्रभुको भयानक क्रोध शान्‍त हुनेछ। तिमीहरूमाथि दया र करुणा देखाएर तिमीहरूका पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञाअनुसार उहाँले तिमीहरूको वृद्धि गर्नुहुनेछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विनाशका लागि तय गरिएका कुनै पनि चीजहरू तिमीहरूसँग नरहोस्। तब याहवेह आफ्नो डरलाग्दो रिसबाट फर्केर तिमीहरूमाथि कृपा देखाउनुहुनेछ, र दयालु हुनुहुनेछ। उहाँले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूको संख्यामा वृद्धि गराउनुहुनेछ;
Nepali ERV (पवित्र बाइबल)
त्यस शहरमा भएको प्रत्येक चीज परमेश्वरलाई ध्वंश पार्न दिनु पर्छ जसले गर्दा त्यहाँ तिमीहरूको निम्ति केही पनि नहोस्। यदि तिमीहरूले यो आज्ञा पालन गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाउन छोड्नु हुन्छ, उहाँ तिमीहरू प्रति दयालु हुनुहुन्छ, उहाँ तिमीहरू प्रति दुःखी हुनुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिए अनुसार तिमीहरूलाई विशाल समुदाय बनिनमा सहयोग गर्नु हुनेछ।