Deuteronomy 13:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले प्रेम गरेका तिम्रा भाइ वा छोरा, तिम्री स्‍वास्‍नी वा छोराले तथा तिम्रा खुबै नजिकका साथीले पनि तिम्रा पुर्खाहरूले कहिल्‍यै नपूजेका अरू देवताहरू पुज्‍नलाई गुप्‍तमा तिमीहरूलाई सुर्‍याउन सक्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका आफ्‍नै दाजुभाइ, छोराछोरी, तिम्री प्‍यारी पत्‍नी वा घनिष्‍ठ साथीले पनि तिमीहरूले पुर्खैदेखि नचिनेका देवताहरूलाई पुजौं भनी तिमीहरूलाई सुटुक्‍क फकाए भने—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूका आफ्नै दाजुभाइले, अथवा तिमीहरूका छोराछोरीले, अथवा तिमीहरूले प्रेम गरेकी पत्नी अथवा तिमीहरूका घनिष्‍ठ मित्रले तिमीहरूलाई यसो भनेर गुप्‍तमा बहकाउँछ भने, “हामी जाऔँ, र अरू देवी-देवताहरूलाई पूजा गरौँ” (तिमीहरू र तिमीहरूका पितापुर्खाहरूले नजानेका देवी-देवताहरू,
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी संग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।