Deuteronomy 14:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका जन हौ। यसकारण तिमीहरू कोही मर्दा शोक मनाउनेछौ भने अरूहरूले झैँ आफैंलाई चोट नलाउनू अथवा टाउकाको अघिल्‍तिर नखौरनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका सन्‍तान हौ। मृतकहरूका लागि तिमीहरूले आफ्‍नो शरीरमा घाउ नपार्नू, शिरको अगाड़िको भाग नखौरनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका सन्तान हौ। मरेकाहरूका निम्ति शोक मनाउन तिमीहरूले आफूलाई नकाट्नू वा आफ्नो शिरको अगाडिको कपाल नखौरनू;
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका नानीहरू हौ। यदि तिमीहरूको आफन्तमा कसैको मृत्यु हुन्छ भने तिमीहरूको शरीरलाई नकाट अनि आफ्नो टाउकोको केश नखौर।