Deuteronomy 14:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरका जन हौ। पृथ्‍वीमा बास गर्ने सबै जातिहरूका माझबाट तिमीहरूलाई उहाँका आफ्‍ना निज प्रजा चुन्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिमीहरू त परमप्रभु आफ्‍ना परमेश्‍वरको लागि एक पवित्र जाति हौ। परमप्रभुले पृथ्‍वीमा भएका समस्‍त मानिसजातिबाट तिमीहरूलाई नै आफ्‍नो अमूल्‍य सम्‍पत्ति हुनलाई चुन्‍नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति एक पवित्र जाति हौ। सारा पृथ्वीभरिका सबै जातिहरूबाट याहवेहले तिमीहरूलाई उहाँको निज सम्पत्ति हुन चुन्‍नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने तिमीहरू अरू मानिसहरूभन्दा भिन्दै हौ। तिमीहरू परमप्रभुको विशेष मानिसहरू हौ। परमप्रभु आफ्ना परमेश्वरले संसारका सबै मानिसहरूको माझबाट तिमीहरूलाई आफ्नो विशेष मानिस बनाउन रोज्नुभएको छ।