Deuteronomy 14:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभु तिम्रा परमेश्वरले चुन्नुभएको त्यो एक मात्र आराधना-स्थलमा जाओ अनि त्यहाँ परमप्रभुको सामुन्ने आफ्ना अन्न, मद्य र जैतुन तेलको दशौँ भाग र गाई-वस्तु र भेडाका पहिला बाछा वा पाठाहरू खाओ। परमप्रभु आफ्ना परमेश्वरलाई सधैँ आदर गर्न सिक्नलाई यसो गर्ने गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन स्थानमा परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँको वासस्थानको निम्ति छान्नुहुन्छ, त्यहीँ आफ्ना अन्न, दाखमद्य र तेलको दशांश र आफ्ना गाईबस्तु र भेड़ाबाख्राका पहिले बियाएका बच्चा उहाँको सामुन्ने खानू। यसरी नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको भय सधैँ मान्न सिक्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका अन्न, नयाँ दाखमद्य, जैतुन तेल अनि तिमीहरूका बथान र बगालहरूका पहिला जन्मेका पशुहरूका दशांश याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा उहाँले आफ्नो नामको खातिर चुन्नुहुने ठाउँमा खानू, ताकि तिमीहरूले याहवेह आफ्ना परमेश्वरलाई सधैँ आदर गर्न सिक्न सक।
Nepali ERV (पवित्र बाइबल)
तब तिमीहरू परमप्रभुले आफ्नो स्थान भनी छानेको घरमा जानु पर्छ। तिमीहरूको त्यहाँ परमप्रभु तिमीहरूका परमेश्वरसित भेट हुन जान्छौ। त्यस समय तिमीहरूले त्यो दशांश अन्न, नयाँ दाखरस तेल, आफ्नो गोठमा जन्मेको प्रथम भेडा-बाख्राको पाठो खानेछौ। यस प्रकारले तिमीहरूले सधैं परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर्नेछौ।