Deuteronomy 15:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसलाई खुल्‍ला हातले बिनास्‍वार्थ देओ र तिमीहरूले गरेको हरेक काममा परमप्रभुले तिमीहरूलाई आशिष् दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले त्‍यसलाई निस्‍सङ्कोच दिनू, त्‍यसलाई दिँदा तिमीहरूको मनमा कष्‍ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्‍वरले सबै काममा र तिमीहरूले हात हाल्‍ने हरेक कुरामा तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई उदार चित्तले दिनू; तर दुःख मन गर्दै अथवा दुःखी हृदयले नगर्नू; तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा र तिमीहरूले हात लगाएका हरेक कुरामा तिमीहरूलाई आशिष् दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले गरीब मानिसलाई सके अनुसार देऊ। उसलाई दिंदा नराम्रो नसम्झ। किन? किनभने, यस्तो असल काम गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ। तिमीहरूलाई तिमीहरूको सबै काममा र तिमीहरूले गरेको प्रत्येक चीजमा उहाँले तिमीहरूलाई आशिष दिनु हुनेछ।