Deuteronomy 15:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सधैँ कोही न कोही इस्राएली गरीब र अभावमा हुनेछ र तिनीहरूप्रति उदार-चित्तका होओ भनी म तिमीहरूलाई आज्ञा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देशमा गरीब सधैँ हुनेछन्। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्ना भाइबन्धु र आफ्नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशमा गरिब मानिसहरू सधैँ भइरहनेछन्। यसकारण म तिमीहरूलाई आफ्ना इस्राएली दाजुभाइहरू र तिमीहरूका देशमा भएका गरिब र खाँचोमा परेकाहरूलाई उदार मनले दिनू भनेर आज्ञा दिन्छु।
Nepali ERV (पवित्र बाइबल)
त्यो भूमिमा सधैं गरीब मानिसहरू रहनेछन् यसकारण तिम्रा भाइलाई सहायता गर्नु सब समय तयार बस भनी म आज्ञा गर्छु। तिमीहरूको भूमिमा सहायताको अपेक्षामा बस्ने गरीब मानिसलाई सहायता देऊ।