Deuteronomy 15:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि कुनै इस्राएली पुरुष र स्‍त्रीले आफैंलाई तिम्रा कमारा वा कमारीको रूपमा बेचे त्‍यसलाई तिमीले आफ्‍नो सेवा गरेको ६ वर्षपछि छोडिदिनुपर्नेछ। सातौँ वर्ष आउँदा त्‍यसलाई तिमीले स्‍वतन्‍त्र छोड्‍नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीहरूको कोही यहूदी भाइ-बहिनीले तिमीहरूको हातमा आफैलाई बेच्‍छ, त्‍यसले छ वर्ष तिमीहरूको सेवा गर्‍यो भने, सातौँ वर्ष त्‍यसलाई मुक्त भएर जान दिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूका सङ्गी हिब्रू पुरुष अथवा स्त्रीले आफूलाई तिमीहरूकहाँ दास वा दासी बन्‍न बेचिएको छ भने, र छ वर्षसम्म तिमीहरूको सेवा गरेको छ भन, सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र गरिदिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“यदि तिमीहरूले आफ्नो देशका मानिसहरूलाई नै एउटा हिब्रु मानिस अथवा स्त्री किन्छौ भने, तिमीले उसलाई आफ्नो सेवामा छ वर्षसम्म राख्न सक्छौ तर सातौं वर्षमा उसलाई मुक्त गर्नै पर्छ।