Deuteronomy 15:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब तिमीले आफ्ना कमारा-कमारीलाई स्वतन्त्र भएर जान दिँन्छौ, मनमा अप्रसन्न नहोओ, जे भए पनि त्यसले ज्यालामा काम गर्ने चाकरले पाउने ज्यालाको आधा खर्चमा नै छ वर्षभरि तिम्रो सेवा गरेको छ। प्रसन्न भई त्यसलाई छोडिदेओ र तिम्रा परमेश्वरले तिमीहरूले गरेका सबै कुरामा तिमीहरूलाई आशिष् दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसलाई मुक्त भएर जान दिँदा गाह्रो नमान्नू, किनकि ज्यालादारी नोकरले लिने ज्यालाको दोबर मूल्यको काम त्यसले छ वर्षमा गर्यो। अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै काममा आशिष् दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका दासलाई स्वतन्त्र भएर जान दिँदा गाह्रो नमान्नू; किनकि त्यसले तिमीहरूका निम्ति छ वर्ष सेवा गरेको छ, र त्यस ज्यालामा काम गर्ने कामदारहरूभन्दा दोबर ज्यालाको योग्यको हुन्छ। अनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूले गर्ने हरेक काममा आशिष् दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“कमारा-कमारीहरूलाई मुक्त गर्दा मन नबिगार। सम्झना गर तिनीहरूले तिमीलाई छ, वर्षसम्म अरू नोकर-चाकरहरूलाई तिर्नुपर्ने भन्दा आधा ज्यालामा सेवा पुर्याएका छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।