Deuteronomy 15:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऋण मेटिदिने साल नजिकै छ भनेर उसलाई ऋण दिन इन्‍कार नगर। यस्‍तो दुष्‍ट विचार तिम्रो मनमा पस्‍न नदेओ। तिमीहरूले ऋण दिन इन्‍कार गर्‍यौ भने उसले तिम्रा विरुद्धमा परमप्रभुकहाँ बिन्‍ती चढाउनेछ र तिमीहरू दोषी ठहरिनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होशियार! कसैले कर्जा-माफीको साल आउनै लाग्‍यो भन्‍ने कुभावना मनमा राखेर आफ्‍नो गरीब दाजुभाइलाई गोहार गर्न इन्‍कार गर्‍यो, भने त्‍यस गरीबले परमप्रभुकहाँ तिम्रो विरुद्ध आवाज उठाउनेछ, र तिमीलाई पापको दोष लाग्‍नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होशियार होओ, र यस्तो दुष्‍ट विचार मनमा नलेओ: “ऋण माफी गर्ने सातौँ वर्ष नजिकै छ,” भनी तिमीहरूले अभावमा परेको तिमीहरूका दाजुभाइप्रति दुष्‍ट भावना राखेर कुनै पनि कुरा दिन इन्कार नगर; नत्रता तिनीहरूले याहवेहसँग तिमीहरूको विरुद्धमा आवाज उठाऊलान्, र तिमीहरू पापको दोषी ठहरिनेछौ।
Nepali ERV (पवित्र बाइबल)
“सातौं वर्ष जो ऋण माफ गरिने वर्ष हो र यसको निहुँमा कसैलाई सहायता गर्न अस्वीकार नगर। तिमीहरूको मनमा दुष्ट विचारलाई पस्न नदेऊ। जुन मानिसलाई केही सहायताको खाँचो छ उसको विषयमा दुष्ट विचार नगर। यदि तिमीहरूले त्यस गरीब मानिसलाई सहायता गर्न अस्वीकार गरे उसले परमप्रभुलाई आरोप गर्नेछ र तिमीहरूलाई परमप्रभुले पापको दोषी लाग्नेछ यसकारण गरीब मानिसलाई सहायता दिन अस्वीकार नगर।