Deuteronomy 16:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु तिम्रा परमेश्वरले दिनुहुने हरेक सहरमा न्यायकर्ता र अन्य हाकिमहरू खटाओ। यिनीहरूले पनपच्छे नगरी न्याय गरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने तिमीहरूका सबै सहरहरूमा आ-आफ्नो कुलअनुसार न्यायकर्ता र अधिकारीहरू तिमीहरूले नियुक्त गर्नू। तिनीहरूले मानिसहरूको निष्पक्ष इन्साफ गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने हरेक सहरमा तिमीहरूले प्रत्येक कुलका निम्ति न्यायकर्ताहरू र अधिकृतहरू नियुक्त गर्नू। अनि तिनीहरूले मानिसहरूलाई ठिकसँग न्याय गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको प्रत्येक शहरमा न्यायकर्त्ता तथा अधिकारीहरू हुने मानिसहरूलाई रोज। प्रत्येक कुल समूहले यस्तो गर्नुपर्छ। यी मानिसहरू निष्पक्ष न्याय गर्ने योग्य हुनुपर्छ।