Deuteronomy 16:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब तिमीहरू यो भोज खान्‍छौ, खमिरसित बनाएको रोटी नखानू। तिमीहरूले मिश्रदेश हतार-हतार छोडेर आउँदा जसरी गरेका थियौ, त्‍यसरी नै सात दिनसम्‍म अखमिरी रोटी खानू। त्‍यो रोटीको नाम दु:खको रोटी राखिनेछ। त्‍यो खाँदा तिमी बाँचुञ्‍जेल तिमीहरूले आफू त्‍यो दु:ख-कष्‍टको देश मिश्रबाट निस्‍किआएका दिनलाई सम्‍झना गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खमिर हालेको रोटीसँग त्‍यो नखानू। सात दिनसम्‍म अखमिरी रोटी खानू। यो कष्‍टको रोटी हो, किनभने मिश्रबाट तिमीहरू हतार-हतार गरी आयौ। मिश्रबाट निक्‍लेर आएको तिमीहरूले जीवनभरि सम्‍झना राख्‍नलाई यो खानुपरेको हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई खमिर हालेको रोटीसँग नखानू, तर सात दिनसम्म अखमिरी रोटी, अर्थात् कष्‍टको रोटी खानू। किनकि तिमीहरूले इजिप्ट देशलाई हतार-हतारमा छाडेर आएका थियौ; ताकि तिमीहरूका जीवनभरि इजिप्टबाट निस्केको समयलाई तिमीहरूले स्मरण गर्न सक।
Nepali ERV (पवित्र बाइबल)
यो बलिमा खमीर भएको रोटी खानु हुँदैन। तिमीहरूले सात दिनसम्म अखमिरी रोटी खानु पर्छ। यस रोटीलाई ‘कष्टको रोटी’ भनिन्छ। मिश्र देशमा तिमीहरू कति कष्टमा थियौ यसले त्यो सम्झना गर्नमा सहायता गर्छ। सम्झना गर कति चाँढै तिमीहरूले त्यो भूमि छाड्नु पर्यौ! तिमीहरूले मिश्र छोडेको त्यो दिनलाई सम्झना गर्नुपर्छ जब तिमीहरू बाँचेका छौ।