Deuteronomy 17:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु तिम्रा परमेश्‍वरले दिन लाग्‍नुभएको देश तिमीहरूले अधीनमा लिएर त्‍यहाँ बसोबास गरिसकेपछि तिमीहरूले आफ्‍ना चारैपट्टिका जातिहरूको जस्‍तै हामीलाई पनि राजाको आवश्‍यक छ भनी निर्णय गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा पुगेर त्‍यो अधिकार गरी त्‍यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्‍यौ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू पुग्नेछौ, र त्यसमाथि अधिकार गरेर त्यस देशमा बसोबास गर्नेछौ; अनि तिमीहरूले भन्‍नेछौ, “हाम्रा चारैतिर भएका सबै जातिहरूले झैँ हामीमाथि एउटा राजा खडा गरौँ,”
Nepali ERV (पवित्र बाइबल)
“जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा पसेर बसो-बास शुरू गर्नेछौ तब तिमीहरूले भन्ने छौ, ‘जस्तो अन्य राज्यहरूमा राजाहरू छन् त्यसरी नै यहाँ पनि हामी राजा राख्छौं।’