Deuteronomy 17:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो पुस्‍तक तिनले आफ्‍ना छेउमा राखेर आफ्‍नो जीवनभरि त्‍यहाँबाट पढ्‍नेछन् अनि त्‍यसरी तिनले परमप्रभुलाई आदर गर्न र उहाँले आज्ञा गर्नुभएको हरकुरो विश्‍वासयोग्‍यसाथ पालन गर्न सिक्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस व्‍यवस्‍थाका सबै कुरा र यी विधिहरू होशियारीसाथ पालन गर्नलाई सो पुस्‍तक तिनीसँग रहोस्‌ र तिनले आजीवन सधैँ पढून्, ताकि तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको डर मान्‍न सिकून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योचाहिँ तिनीसँग हुनुपर्छ, र तिनले त्यस व्यवस्थालाई आफ्नो जीवनभरि पढ्नुपर्छ, ताकि तिनले याहवेह तिनको परमेश्‍वरलाई आदर गर्न, र यस व्यवस्थाका सबै वचन र उर्दीहरू होसियारीसाथ पालन गर्न सिकून्।
Nepali ERV (पवित्र बाइबल)
राजाले त्यो पुस्तक आफूसित राख्नुपर्छ। किन? किनभने राजाले परमप्रभु उनको परमेश्वरलाई सम्मान गर्नु पर्छ। राजाले व्यवस्थाले गरेको आज्ञा सम्पूर्ण पालन गर्नु सिक्नु पर्छ।