Deuteronomy 17:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस पुस्‍तकले तिनलाई अरू इस्राएलीभन्दा आफू असल छु भनी विचार गर्ने र परमप्रभुका आज्ञापालन नगर्नदेखि रोक्‍नेछ। तब तिनले धेरै वर्षसम्‍म राज गर्नेछन् अनि तिनका छोरा-नातिहरूले इस्राएलमा पुस्‍ता-पुस्‍ता राज गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफैलाई आफ्‍ना दाजुभाइहरूभन्‍दा श्रेष्‍ठ नठानून्, र व्‍यवस्‍थाबाट तर्केर दाहिने वा देब्रे नलागून्‌। यसरी तिनी र तिनका सन्‍तानले लामो समयसम्‍म इस्राएलमा तिनको राज्‍यमाथि शासन गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि राजाले आफूलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्‍ठ ठानेर व्यवस्थाभन्दा दायाँ तथा बायाँ नफर्कून्। तब तिनी र तिनका सन्तानहरूले इस्राएलमा भएको आफ्नो राज्यमाथि लामो समयसम्म राज्य गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तब राजाले सोच्ने छैन उनी आफ्ना मानिसहरूबाट कसैको तुलनामा असल छ अनि उनी नियम भन्दा टाढा जाने छैनन् तर यसलाई सही रूपमा अनुसरण गर्ने छन् तिनीहरु इस्राएलमा धेरै समयसम्म शानस गर्नेछन्।