Deuteronomy 17:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अरू कतिवटा मुद्दामा स्‍थानीय न्‍यायकर्तालाई निर्णय दिन असाध्‍यै गाह्रो पर्ला। कुटपिट, हत्‍या, नर-हत्‍या, तथा सम्‍पत्तिको मुद्दा जटिल भए तिमीहरू त्‍यो एक मात्र आराधना-स्‍थलमा जानू, जुन परमप्रभु तिम्रा परमेश्‍वरले चुन्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै हत्‍याकाण्‍ड, कानूनी विवाद वा कुटपिटका मामिला छिनाफाना गर्नु तिमीहरूलाई गाह्रो पर्‍यो भने, परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुहुने ठाउँमा जानू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूको सामु हत्याकाण्ड, कानुनी-विवाद अथवा झैझगडाजस्ता तिमीहरूलाई न्याय गर्न गाह्रो पर्ने खालका मुद्दा-मामिलाहरू उठे भने तिनीहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने ठाउँमा लैजानू।
Nepali ERV (पवित्र बाइबल)
“केही समस्याहरू हुन सक्छ जो अदालतमा निणर्य लिनु साह्रै अप्ठयारो हुन्छ। यो हत्याको विषयम हुन सक्छ, दुइजना मानिसहरू बीच विवादको विषयमा हुन सक्छ। अथवा झगडामा घाइते भएको मानिसको विषयमा हुन सक्छ। जब यी मामिलाहरू तिमीहरूको शहरहरमा सुनाइ हुन्छ, सही हो पत्तो लगाउन तिमीहरूको न्यायाधीशहरूलाई साह्रै मुश्किल हुन सक्छ। तब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले रोजेको विशेष ठाउँमा जानु पर्छ।