Deuteronomy 19:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जुन मानिसहरूको देश तिमीहरूलाई दिइन्छ, तिनीहरूलाई परमप्रभुले ती गर्नुभएपछि र तिनीहरूका सहर र घरहरू तिमीहरूले लिएर त्यहाँ बास गर्न थालेपछि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई नाश गर्नुभई उनीहरूको देश तिमीहरूको अधिकारमा दिनुभएपछि जब तिमीहरूले उनीहरूलाई बाहिर धपाएर उनीहरूका सहर र घरहरूमा बसोबास गर्छौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशका जातिहरूलाई नाश गरी सक्नुहुन्छ, र जब तिमीहरूले तिनीहरूलाई धपाएर तिनीहरूका सहरहरू र घरहरूमा बसोबास गर्छौ,
Nepali ERV (पवित्र बाइबल)
“अरू जातिका मानिसहरूको भूमि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुँदैछ। परमप्रभुले ती जातिहरूलाई ध्वंश पार्नु हुनेछ। जहाँ ती मानिसहरू बस्थे त्यही तिमीहरू बस्नेछौ। तिमीहरूले तिनीहरूको शहरहरू र घरहरू लिने छौ। जब यस्तो हुन्छ।