Deuteronomy 19:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु तिम्रा परमेश्‍वरले दिन लाग्‍नुभएको देशमा धेरै दिनदेखि राखिएको तिम्रा छिमेकीको साँध-सिमाना नसार्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा तिमीहरूको निज भागमा पुर्खाहरूले तोकिदिएको सिमाना नाघेर छिमेकीको साँधसिमानाको ढुङ्गो नहटाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्नू भनी दिनुहुने देशमा तिमीहरूले पाएको अधिकारको भागमा तिमीहरूका पुर्खाहरूले लगाएका तिमीहरूका छिमेकीका साँधसिमानाको ढुङ्गा नहटाउनू।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले आफ्ना छिमेकीको सम्पत्तिको साँध-सीमाना छुट्टाउने ढुङ्गाहरू हटाउनु हुँदैन। उहिले मानिसहरूले सीमाना छुट्टाउन त्यसरी ढुङ्गाहरू लगाउँथे। ती ढुङ्गाहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिमा सीमाना छुट्टाउँछन्।